२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा  खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको टोलीले पोखरा घर भइ हाल ललितपुरको नखिपोट बस्ने कञ्चन गुरुङसहित तीन जनालाई पक्राउ गरेको हो ।  उनलाई माघ २९ गते रामशाहपथ, नुवाकोट घर भइ टोखा बस्ने अनिल राईलाई सामाखुशी र नुवाकोट नै घर भइ तारकेश्वर बस्ने राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनीहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनको भनाइ छ ।

 

प्रहरी अनुसन्धानका क्रममा कञ्चन गुरुङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमति पत्र र ५ हजार रुपैयाँ अनिल राईलाई दिएको खुलेको छ । यस्तै अनिल राईले पनि आफूले १५ सय रुपैयाँ राखेर उक्त फोटो, कागजात र ३ हजार ५०० रुपैयाँ राजन तामाङलाई दिएको खुलेको छ । यससँगै राजन तामाङले गंगा तामाङको सवारी चालक अनुमति पत्रमा कञ्चन गुरुङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाइदिएको खुलेको राठौरले बताए ।

। साथै उनले अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमति पत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ ।  राजन तामाङ यसअघि पनि लिखत सम्बन्धी कसुरमा पक्राउ परेका व्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय