२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडिने सक्ने संकेत गर्नुभएको छ। अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावअघिको पाँच दलीय सत्तारुढ गठबन्धन फुटाउन र नयाँ सरकार बनाउन सफल भएपनि फेरी गठबन्धन फेरिने अवस्था रहेको संकेत गर्नुभएको हो ।

 

देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै त्यस्तो डकैति हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको भन्दै ओलीले भन्नुभयो,‘यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ’। उहाँले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि रहेको बताउनुभयो। ‘राष्ट्रियताको रक्षकको प्रतिनिधि एमाले हो। समृद्ध नेपाल सुखी नेपाली हाम्रो आकांक्षा हो। यो हाम्रो गन्तव्य हो। हाम्रो दृष्टिकोण यसका निम्ति स्पष्ट छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय