२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

विराटनगर । कोसी अस्पताल विराटनगरमा एक वर्षमा तीन मेडिकल सुपरीटेन्डेन्ट (मेसु) फेरिएका छन् । प्रदेश १ को ठूलो सरकारी अस्पताल कोसीमा एक वर्षमा तीन जना मेसु फेरिएका हुन् ।

पछिल्लो पटक कन्सल्टेन्ट सर्जन डाक्टर रविनराज सिंह मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका छन् । उनी भन्दा अघि फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव मेडिकल सुपरिटेन्डेन्ट थिए । लक्ष्मीनारायण भन्दा अगाडि हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डाक्टर यज्ञराज खरेल थिए ।

अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए । २०७८ फागुन ५ गते डाक्टर यज्ञराज खरेलले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । तर उनको जिम्मेवारी सात महिनामै खोसियो ।

 

२०७९ भदौ १५ गतेदेखि उनी अस्पतालको पुरानै जिम्मेवारीमा फर्किए । २०७९ भदौ १६ गते डाक्टर लक्ष्मीनारायण यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य मन्त्रालयले उनको जिम्मेवारी खोस्यो । मन्त्रालयले मंगलबार निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएको छ । उनी दसौं तहका हुन् ।

कोसी अस्पतालमा मेसुको दरबन्दी ११ औं तहको छ । अस्पतालमा ११ औं तहका दुई चिकित्सक छन् । तर मन्त्रालयले भने १०औं तहका चिकित्सकलाई निमित्त जिम्मेवारी दिएको हो ।

यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यादव र अस्पताल विकास समितिबीच विवाद थियो । विवादका कारण अस्पताल विकास समितिको बैठक बस्न सकेको थिएन ।

उनी मेसु भएपछि आइतबार पहिलो पटक विकास समितिको बैठक बसेको थियो । बैठक बसेको एक दिनपछि उनी पुरानै जिम्मेवारीमा फकिएका हुन् ।

निमित्त मेसुको जिम्मेवारी सिंहले अस्पतालको सेवा सुविधालाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । सिंहको पदस्थापनामा डाक्टर यादव भने आएनन् ।

अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकी काम गर्ने चाहाना बोकेर आएका मेसुलाई काम गर्न सहज हुने बताउँछन् । नयाँ मेसुले अस्पतालको आन्तरिक सुविधा सुधारका लागि ध्यान दिनुपर्ने उनले बताए ।

नागरिक सहायता कक्ष स्थापना

कोसी अस्प्तालले नागरिक सहायता कक्ष स्थापना गरेको छ । अस्पताल विकास समितिको अगुवाइमा मंगलबार नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई सहयोग गर्ने उदेश्यले सहायता केन्द्र स्थापना गरिएको विकास समितिका सदस्य बुढाथोकीले जानकारी दिए ।

नागरिक सहायता कक्षमा सामाजिक संस्थाका प्रतिनिधिहरु खटिने उनीहरुले सेवाग्राहीलाई उपचारका लागि सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय