२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

रोल्पा । २८ औं जनयुद्ध दिवस लुङ्ग्री गाउँपालिका ४ नम्जामा पनि विविध  कार्यक्रम गरि मनाइएको छ । मिलनचोक देखि सानो नम्जासम्म र्याली गरि दिवस मनाइएको हो ।

कार्यक्रमको अध्यक्ष वडा नं.४ का वडा अध्यक्ष बिरबल खड्का रहनुभएको थियो कार्यक्रमको अन्य अथितिहरुमा लुङग्री गाउँपालिका दलित मुक्ति मोर्चाका इन्चार्ज टेक बहादुर सुनार, नेकपा माओबादी केन्द्र वडा कमिटीका सदस्य खैराम खड्का, नेकपा माओबादी केन्द्रका जिल्ला समवन्य समितिका सदस्य मिना सुनार, लुङग्री गाउँकार्य पालिकाका सदस्य इशा सुनार लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शहिद परिवारको तर्फबाट आशे सुनारले गर्नुभएको थियो । दिवसको अवसरमा बोल्दै अथितिहरुले हिजोको बाचाबन्धन बिर्सेको समेत बताएको छन । कार्यक्रममा बोल्दै जनयुद्ध दिवसको बिदा दिँदा पनि अन्य लोकतान्त्रिक भनिने पार्टीहरू नबोलेका भन्दै लोकतान्त्रिक पार्टीहरूको निरीहता दिवसको रूपमा मनाउनुपर्ने टिप्पणी गर्नुभयो । उहाँले हत्या, हिंसा गरेको दिनलाई दिवसको रूपमा मनाउनु भएको भन्दै आफूहरूले त्यसको घोर विरोध गरेको बताउनुभयो ।

जनयुद्ध दिवसको अवसरमा शहिद परिवार प्रति सम्मान समेत व्यक्ति गरिएको थियो । जनयुद्ध नभइ सशस्त्र हिंसात्मक विद्रोह भएको बताउनुभयो । द्वन्द्व पीडित परिवारले आफूहरूले अझै न्याय नपाएको बताएका छन् । जनयुद्धको नाममा भएको युद्धमा अझै पनि हजारौँ बेपत्ता भएको भन्दै उनीहरूको खोजी सरकारले नगरेको गुनासो गरेका छन् ।

२८ औं दिवस कार्यक्रमको सञ्चालन नेकपा माओबादी केन्द्र पार्टीका वडा कमिटि सचिव पुस्कर केसीले गर्नुभएको थियो । फोटो महेन्द्र बिसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय