२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको छ । औषधि, सर्जिकल उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलगायतका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको हो । त्यहाँका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले अत्यावश्यक एवम् अन्य किसिमका शल्यक्रिया स्थगित भएको घोषणा गर्नु भएको छ ।

औषधि र स्वास्थ्य उपकरणको अभावलाई तत्कालै सम्बोधन गर्न नसके स्वास्थ्य अवस्था केही हप्ता भित्रै गम्भीर सङ्कटमा पर्ने त्यहाँको मेडिकल एसोसिएशन र राष्ट्रिय व्यावसायिक चिकित्सा सङ्घले चेतावनी दिएको छ । आर्थिक सङ्कटको असर श्रीलङ्काको स्वास्थ्य क्षेत्रमा पनि पर्न थालेको छ ।

 

विदेशी मुद्राको भुक्तानी सन्तुलनको सङ्कटका कारण श्रीलङ्काले सन् २०२२ देखि डाक्टरको अभावको सामना गरिरहेको छ । त्यहाँ औषधिको मूल्य पनि बढेको छ । श्रीलङ्काले कुल आवश्यकताकाे झण्डै ८५ प्रतिशत औषधि आयात गर्ने गरेको  थियो । तर, आर्थिक सङ्कटका कारण आयात रोकिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय