२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मीन आज नेपाल आउँदै हुनुहुन्छ।
जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुनुहुन्छ । उहाँ कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आउनुभएको छ।
जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई सहयोग गर्दै आउनुभएको छ। आज अपराह्न जाङसहितको कोरियाली प्रतिनिधि मण्डल काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
नेपाल बसाईका क्रममा जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट गर्ने कार्यक्रम छ। उहाँको राजनीतिक भेटघाट भोलि दिनभर हुनेछ।
जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने परराष्ट्रका एक अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय