२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन्।

घरेलु मैदानमा भएको खेलको ६६औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अङ्क जोडेको छ । आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

ब्रेन्टफोर्ड ३४ अङ्क जोडेर आठौँ स्थानमा छ । गएराति नै भएको अर्को खेलमा चेल्सी पनि बराबरीमा रोकिएको छ । चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको हो ।

 

यस्तै ब्राइटन र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी खेले ।

न्युक्यासल र बर्नमाउथले पनि १–१ गोलको बराबरी खेले । अर्को खेलमा लेस्टर सिटीले टोटेनह्यामलाई ४–१ गोलले हराएको छ । फुलह्यामले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय