२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं। राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गर्नुभएको हो । राष्ट्रपति कार्यालय शितल निवासमा आज दिउँसो साढे ३ बजेदेखि कार्यक्रम सुरु भएको शितल निवास स्रोतले जानकारी दिएको छ ।

कार्यक्रमको सुरुमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने, त्यसपछि सांस्कृतिक कार्यक्रम गर्ने र साँझ रात्रीभोज गर्ने कार्यतालिका तय छ।

 

कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवत्ता लिलाकान्त पौडेलले जानकारी दिनुभयो।राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ बर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाउनुभएको छ।

उहाँको कार्याकाल आगामी फागुन २८ गते सकिदै छ । त्यसपूर्व फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागी निर्वाचन हुँदैछ। विदा हुने तरखरमा रहनुभएकी राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय