२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएकोले पार्टीको भविष्य उज्जवल रहेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।यस्तै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धि वर्तमान सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

 

उक्त लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा हाँको जोड छ । प्रधानमन्त्री प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने र त्यसका लागि पार्टीको २ महिने संगठनात्मक अभियान चलाउने पनि बताउनुभयो ।

यस क्रममा माओवादीले पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको र सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय