२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

कालीकाेट । जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनु भयो ।

 

उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयूमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको अस्पतालले प्रशासनले जनाएको छ । हवाई उद्धारका लागि कर्णाली प्रदेश सभा सदस्य माननीय दुर्ग रावत, प्रमुख जिल्ला अधिकारी जोरा सिङ माझी र सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले आवश्यक समन्वय गर्नु भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय