२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा प्रभाव जमाउने उद्देश्यका साथ रुसले हवाई आक्रमण गरेको हो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताउनु भएको छ ।

 

रुसले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणकाे निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्त रुसको निशानामा परेका छन् । आफ्नो ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूको आरोप छ । युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गर्नु भएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नु भएको छ ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् आउँदो २४ तारिखमा रुसले भीषण आक्रमण गर्ने अनुमान गरेको युक्रेनले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो। तस्बिर : एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय