२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।

एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउनु भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

 

शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधान धारा १६८ को उपधारा २ बमोजिम एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ । हिजोको प्रदेश सभा बैठकमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसक्नुभएको हो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार विश्वासको मत पाउन नसकेर उहाँ पदमुक्त हुनुभएको हो ।

मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । तर, नागरिक उन्मुक्ति पार्टीका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री विश्वासको मत पाउन असफल हुुनुभएको हो ।

सुदूरपश्चिममा एक महिना नपुग्दै एमाले नेतृत्वको सरकार ढलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय