२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।

 

भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ । साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेले आआफ्नै उम्मेदवार उठाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने पक्षमा छन्  । खनाल यसअघि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय