२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपानेलाई नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम गिरीले सचिवालय विस्तार गर्नुभएको हो ।
अघिल्लो प्रदेश सभा सदस्य चुनावमा निर्वाचित न्यौपाने तत्कालीन नेकपामा विवाद हुँदा माओवादी केन्द्र छाडेर एमाले रोज्नुभएको थियो। गत मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही १ (२) मा उहाँ कांग्रेसका अब्दुल रज्जाकसँग पराजित हुनुभएको थियो । प्रमुख राजनीतिक सल्लाहकारले राज्यमन्त्री सरह सेवा सुविधा पाउँछन् ।
यस्तै मुख्यमन्त्री गिरीले बाँकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।
संसदीय दल नेताको हैसियतमा मुख्यमन्त्री गिरीले रुपन्देहीका तुल्सीप्रसाद चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतक नियुक्त गर्नुभएको छ ।
यसअघि मुख्यमन्त्री लीला गिरीले प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो। गिरीले बुटवलका कृष्ण कुमाललाई प्रमुख स्वकीय सचिव, दाङका टीका बस्नेतलाई प्रेस संयोजक, सचिवालयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारी र कम्प्युटर अपरेटरमा दाङका विपिन केसीलाई नियुक्त गर्नुभएको थियो।
यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ जनाको सचिवालय बनाएर आफन्तहरू नियुक्त गरेको भन्दै चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय