काठमाडौँ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । न्यायधीश मल्को आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।