काठमाण्डाै । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज न्यु डायमण्ड स्पाेर्ट्स क्लब र विभागीय टोली एपीएफ खेल्दैछन् । न्यु डायमण्ड प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने एपीएफ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
न्यु डायमण्डले ३ खेलमा ९ अङ्क र एपीएफले ३ खेलमा ६ अङ्क जोडेका छन् । यस्तै तेस्रो स्थानका लागि पनि आजै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा चलिरहेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टोलीले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।