२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाण्डाै । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ ।

देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए । उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका छन् ।

 

मुख्य प्रशिक्षकका लागि आवेदन दिएकाहरूमध्ये भारतीय मोन्टी देसाई, नेपालकै पूर्वप्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलङ्काकाका धम्मिका प्रसाद, बङ्गलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिङ्गो र न्युजिल्यान्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तरवार्ता लिएको थियो । क्यानले अन्तिममा देसाईलाई नै नियुक्त गरेको हो ।

नेपालले आउँदो फागुन २ गतेदेखि घरेलु मैदानमा विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ । यो शृङ्खलालाई देसाईकाे पहिलो परीक्षाको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय