२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय जना नाघेको छ । आज साेमवार बिहान टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या पाँच सय जना नाघेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म टर्कीमा दुई सय ८४ र सिरियामा दुई सय ३७ जना गरी पाँच सय ११ जनाको ज्यान गएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । भूकम्पले भवनलगायतका संरचना भत्किँदा टर्कीमा मात्रै दुई हजार तीन सय जनाभन्दा बढी घाइते भएका छन् ।

 

भूकम्पले भत्किएका भवनमा खोजी र उद्धार कार्य चलिरहेकोले ज्यान गुमाउने र घाइतेको सङ्ख्या बढ्न सक्ने टर्कीका उपराष्ट्रपति फौट अक्टेलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । सिरियाली अधिकारीहरूले पनि घाइतेको सङ्ख्या बढिरहेको र अस्पतालहरूमा चाप बढेकाेले उपचारमै कठिनाइ आएको बताएका अल जजिराले जनाएको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । भूकम्पपछि परकम्पहरू गइरहेका टर्कीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय