२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २११ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको हो । सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

 

यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा ११ हजार २ सय ७० जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय