२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

रोल्पा । बहिरंग उपचार केन्द्रको २ दिने समिक्षा बैठक आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । १० वटै पालिकामा सन्चालन भइरहेको बहिरगं उपचार बारे शिघ्र कुपोषण एकिकृत ब्यवस्थापन को बारेमा २ दिने समिक्षा बैठकको आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय रोल्पाको आयोजना, रुडास नेपाल रोल्पा र सुआहारा कार्यक्रकमको आर्थिक तथा प्रबिधिक सहयोगमा दुइ दिने समिक्षा बैठके आयोजना गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रोल्पाका प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा १० वटै पालिकाका स्वास्थ्य संयोजक र १० वटै पालिकाका बहिरंग उपचार केन्द्रका प्रमुख र पोषण फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्य अथितिहरुमा जिल्ला अस्पतालका एम.डी.जी.पी डा. रण बहादुर बोगटी, स्वास्थ्य कार्यालय रोल्पाका परिवार नियोजन सुपरभाइजर निरिक्षक कुमार थापा, रुडास नेपाल रोल्पाका अध्यक्ष भिम बहादुर घर्ति, सुआहारा कार्यक्रमका कृषि बिज्ञ अर्जुन श्रेष्ठ, कार्यक्रम संयोजक टेकेन्द्र घर्ती लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको मुख्य प्रशिक्षक सुआहारा कार्यक्रमका अमृत पौडेलले समुदायमा रहेका कुपोषण पत्ता लगाउने बिधिहरुको बारेमा छलफल गराउनुभएको आयोजकले बताएको छ । यसका साथै पोषण सेवा गुणस्तर सुधारको चेकलिष्टलो बिषयमा प्रशिक्षण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पोख्रेलले यसको स्तरोन्नती एबं आवश्यक जनशक्ती व्यवस्थापन गरि प्राथमिक बहिरंग सेवा समेत पालिका बाट उपलब्ध गराउनका लागि पहल गर्नुे पर्ने बताउनु भएको छ । समापन कार्यक्रमको सन्चालन कार्य जन स्वास्थ्य निरिक्षक कृष्ण पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय