२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

सुर्य प्रकाश बुढा मगर,माघ २० रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको १४ औं गाउँसभा तथा दिउँदे अधिवेशन सम्पन्न भएको छ।”समृद्धि,सुरक्षित,सामाजिक न्याय र सुशासन युक्त परिवर्तन गाउँपालिका”भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँसभा,दिउँदे अधिवेशन सम्पन्न गरेको हो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको १४ औं गाउँसभा,हिउँदे अधिवेशन कार्यक्रममा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने लगायत परिवर्तन गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष,वडा सदस्य,गाउँ कार्यपालिकाका सदस्य,परिवर्तन गाउँपालिकाका गाउँसभाका सदस्य र परिवर्तन गाउँपालिकामा विभिन्न विषयगत शाखामा कार्यरत प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो।परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सेवा तथा क्षमता विकास समिति तर्फ गरेका कार्यहरूको प्रगति विवरण हिउँदे गाउँसभामा पेश गर्नुभएकोे थियोे।

त्यस्तै परिवर्तन गाउँपालिकाका नायब सुब्बा ललित बुढा मगरले परिवर्तन गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास मिति २०७९ श्रावण देखि हालसम्म गाउँकार्यपालिका बाट भएका निर्णयहरुलाई अनुमोदनको रूपमा पेश गर्नु भएको थियोे।परिवर्तन गाउँपालिकामा हालसम्म १२ वटा कार्यपालिकाको बैठक सम्पन्न भएको बताइएको छ।साङ्गाठानी तथा व्यवस्थापन पक्षको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो।

 

परिवर्तन गाउँपालिका-३ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य खिम विक्रम चन्दले स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन प्रस्तुत गर्नु भएको थियो।२०७७/०७८ बेरुजु परिवर्तन गाउँपालिकामा २७ वटा योजनामा बेरुजु आएको थियो भने करिब ४ करोड भन्दा बढी बेरुजु आएको थियो।भने २०७८/०७९ मा आएको बेरुजु २ करोड २५ लाख रुपियाँ आएकोमा सबै बेरुजु शून्य बनाएको छ।परिवर्तन गाउँपालिकाको विभिन्न योजनाहरु संशोधन र विभिन्न निर्णयहरुलाई गाउँसभाले अनुमोदन गर्दै १४ औं गाउँसभा,दिउँदे अधिवेशन सम्पन्न भएको परिवर्तन गाउँपालिकाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय