२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।

पशुपतिनाथमा आउने भक्तजनलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाउन नौ उपसमितिसमेत गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा शङ्कराचार्य निश्चलानन्द सरस्वतीको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ ।

 

यसैगरी कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा प्रचारप्रसार, स्वयंसेवक व्यवस्था उपसमिति, परिषद् सदस्यद्वय देवीप्रसाद बराल र उत्सव बडालको संयोजकत्वमा आवास, भोजन तथा भौतिक व्यवस्था उपसमिति गठन गरिएको छ ।

परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवाउपसमिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ताचप्पल व्यवस्था उपसमिति, परिषद् सदस्य अर्जुनप्रसाद वास्तोलाको संयोजकत्वमा साधुसन्त तथा पूजा पाठ व्यवस्था उपसमिति गठन गरिएको छ ।

यसैगरी परिषद् सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण तथा रात्रिकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा मेला, बजार व्यवस्थापन, साज सजावट उपसमिति र कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा मूल्याङ्कन, तथ्याङ्क सङ्कलन तथा स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ ।

बैठकले महाशिवरात्रिका अवसरमा फागुन ६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा नेपाली सेनालाईमात्र खटाउने निर्णय गरेको छ । महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराणसमेत आयोजना गर्न लागेको छ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आमन्त्रण गरेको कोषले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय