२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

सोलुखुम्बु – अत्यधिक रक्तश्रावका कारण सोलुखुम्बुमा एक सुत्केरीको ज्यान गएको छ । सोताङ गाउँपालिका-५ की ३० वर्षीया गंगा बस्नेतकाे रक्तश्रावका कारण ज्यान गएकाे जिल्ला अस्पताल फाप्लुले जनाएको हाे ।

अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बिहीवार हिजाे सोताङ प्राथमिक अस्पतालमै अप्रेशनमार्फत् शिशु जन्माएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राति नै जिल्ला अस्पताल फाप्लु ल्याइँदै गर्दा बाटाेमै ज्यान गएको बताउनु भयाे ।

 

‘ओ नेगेटिभ’ रगत आवश्यक परेपछि सुत्केरीलाई जिल्ला अस्पताल फाप्लु रेफर गरिएकाे थियो । महाकुलुङ प्राथमिक अस्पतालको एम्बुलेन्समार्फत् राति नै सोताङबाट फाप्लु ल्याइए पनि बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटाेमै ज्यान गएको शेर्पाले बताउनु भयाे ।

समयमा रगत दिन सकेको भए सुत्केरीको ज्यान बचाउन सकिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । शिशुको अवस्था भने सामान्य रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय