२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ ।

बिहीवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’

उहाँले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक भाेलि शुक्रवारका लागि सरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय