२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार(आज) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि बैठक तय भएको सो दलले जनाएको छ । हिजोका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता भन्दै स्थगित गरेको थियो ।
आजको बैठकमा पार्टीका नेताहरूको जिम्मेवारी र कार्यविभाजनमा केन्द्रित भएर छलफल हुने केन्द्रले जनाएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । सो कार्यदलले सैद्धान्तिक प्रतिवेदन पेस गरिसकेको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारीका लागि अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको थियो ।
आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, गृह मन्त्रालयका विषयमा समेत छलफल हुनसक्ने महासचिव गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय