२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए । आफ्नो इतिहासकै खराब हार बेहोरेको न्युजिल्यान्डका ९ जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 

भारतका हार्दिक पान्ड्याले ४ विकेट लिए । त्यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिवम् माभीले समान २/२ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १ सय २६ रनको अविजित शतकीय पारी खेले । न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, इश सोधी र डर्याल मिचेलले समान १/१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले क्लिन स्वीप गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय