काठमाडौैं । बागलुङमा पनि एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको जानकारी दिनुभयो ।
पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।