२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

कास्की । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताउनुभएकाे छ । पोखरामा क्यानको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताउनुभएकाे हाे ।

अध्यक्ष चन्दले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिनुभयाे । उहाँले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरेर आफू अध्यक्ष पद छाड्न तयार भएको बताउनुभयाे ।

 

अध्यक्ष चन्दले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको बताउनुभयाे । क्यान कार्यसम्पादन समितिकाे राजीनामा माग्ने सात जनामध्ये दुई जनालाई राखेपले मनोनयन गरेर पठाएको छ ।

नेपाल टी–२० लिग आयोजना गर्न सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता एकपक्षीयरूपमा रद्द भएको प्रसङ्गमा अध्यक्ष चन्दले सङ्घले पाउनुपर्ने पैसाका लागि आवश्यक कानुनी प्रक्रियामा जाने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय