२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

डाेटी । डोटीको शिखर नगरपालिका वडा नम्बर १० र ११ जोड्ने बानेडुग्रीसैनमा पर्ने सेती नदीमा निर्माणाधीन मोटरेबल पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन परेको छ । स्थानीयवासी रामहरि ओझाले पुल यथाशक्य छिटो निर्माणका लागि परमादेश लगायत उपयुक्त आदेश गरिपाउँ भन्दै उच्च अदालत दिपायलमा रिट दायर गर्नुभएको हो ।

उच्च अदालतले त्यस क्षेत्रका बासिन्दालाई न्याय हुने गरी उपयुक्त आदेश गर्नेमा आशावादी रहेको पत्रकार समेत रहनुभएका रिट निवेदक ओझाले बताउनुभयो ।

 

तीन वर्षमा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी २०७१ असार २९ गते निर्माण कम्पनी  पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी) सँग सम्झौता भएको थियो । निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पुलको २२ प्रतिशत मात्रै काम पूरा भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजार लागतमा निर्माण हुने भनिएको तीन सय २० मिटर लामो त्यस पुल निर्माणका लागि डिभिजन सडक कार्यालय डोटीले जेभीसँग सम्झौता गरेको थियो । अहिले पुल निर्माणको काम राजेन्द्र निर्माण सेवाले गर्दै आएको छ । आठ वर्षसम्म पुल निर्माण नभएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय