२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

सिरहा – सिरहामा ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा टोलमा रहेको ओमप्रकाश यादवले आफ्नो घरबाट अवैध लागुऔषध बेचबिखन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका २ का ओमप्रकाश यादव, अमितकुमार यादव, देवरामकुमार यादव, लहान नगरपालिका १२ का मदनकुमार चौधरी र नरसिंह चौधरी रहेका छन् ।

 

यस्तै लहान नगरपालिका ५ का इरफान हुसेन, लहान १ का कृष्णा पासमान, सप्तरीको शम्भुनाथ नगरपालिका १२ का रमेश पासमान र सुरेशकुमार पासमानलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ब्राउन सुगर २८ ग्राम, लागुऔषध तौलने डिजिटल मेशिन एक थान, मोबाइल आठ थान, मोटरसाइकल चार थान र नगद चार हजार आठ सय ८५ रुपैयाँ बरामद गरेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय