२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार आज शहीद दिवसको अवसरमा लेनचौरमा रहेकाे शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताउनु भयो । उहाँले  देशको र नागरिकको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताउनु भयो । उहाँले राष्ट्र, नागरिकको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताउनु भयो । उहाँले माघ १६ गतेलाई मात्रै स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ  शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्ने बताउनु भयो ।  आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि सङ्कल्प गर्नुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छाैँ । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र नागरिकको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र नागरिकको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रुपमा भूमिका खेलिरहेका हुन्छौँ । माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छाैँ । स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, नागरिकको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पको निम्ति सबैसँग अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले  शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय