२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संघ तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई अन्तर्घात गर्नेको विवरण बुझाउने म्याद १५ दिन थपेको छ।

पार्टी अनुशासन समितिको बैठकले जिल्ला अनुशासन समितिबाट आएको सुझावका आधारमा १५ दिन म्याद थप गर्ने निर्णय गरेको केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले जानकारी दिनुभयो।

 

पार्टीमा अन्तर्घात बढेको गुनासोसँगै कांग्रेसको केन्द्रीय अनुशासन समितिले सबै जिल्लामा अनुशासन समिति गठन गरी माघ १५ भित्र अन्तर्घात गर्नेको विवरण केन्द्रमा पठाउन निर्देश गरेको थियो।

सोही अनुसार काम आउनुपर्ने विवरण आउन ढिलाइ भएपछि थप १५ दिन अर्थात माघ मसान्तसम्म विवरण पठाउने समय थपिएको केसीले बताउनुभयो ।prel.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय