२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले लुम्बिनि प्रदेशको सदरमुकाम दाङमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सत्ता गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र सुदूरपश्चिममा पनि सरकार बनाएको उल्लेख गर्दै आफुहरुका माग पूरा नभएकोले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताउनुभयो ।

 

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल गत पुस २७ मा मुख्यमन्त्री बननुभएको थियो। उहाँले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिनु भएको छैन। उहाँले शीर्ष तहबाटै सहमति खोजिरहनुभएको छ । तर सरकार निर्माणमा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले नै हात झिकेपछि उहाँलाई समस्या देखिएको छ । यद्यपि छलफलका क्रममा आफूहरुको माग र मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक भने पाएको श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय