२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाडौं । प्रदेश १ संसद सचिवालयका अधिकृतको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ। कोसी लोकमार्गअन्तर्गत विराटनगर ३ स्थित ढाटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

सरकारी मोटरसाइकल चलाएर सुनसरीको धरान उपमहानगरपालिका–८ घरबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा ५५ वर्षीय श्रेष्ठ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीकाअनुसार श्रेष्ठ सवार प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र विपरितदिशाबाट आउदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको मोरङको विराट शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते छन् ।

उनीहरुको विराटमै उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय