केशर सुनार, प्युठान । पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा पेशेवर लुटेराहरुको शैलिमा चोरी का घटनाहरु दिनानुदिन बढ्दै गएको छ । यहि समस्यालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्युठानले बुधवार एक बिज्ञप्ति निकालेको छ । गौमुखिमा पनि उक्त घटनाहरु घटिरहेको र स्थानिय बासी त्रसित बनिरहेका छन ।
बिज्ञप्तिमा यी यस्ता घटनाहरु घट्न नदिनको निम्ति आफ्ना गाउँ , टोल , छरछिमेकमा नौलो एबम परिचय नखुलेका ब्यक्तिहरु आउन सचेत रहन आग्रह गरेको छ । साथै गाउपालिका क्षेत्रमा घुमन्ते व्यापारीहरु ( कपाल किन्ने ,सिरक डस्ना बनाउने , कपडा , भाडाकुडा , जडिबुटी इत्यादी लगायतका कारोबार गर्ने संकास्पद ब्यक्तिहरुलाई अर्को सुचना प्रकाशन नहुन्जेल सम्मको पालिकाको सिमा प्रबेशमा रोक लगाईएको छ । समाजमा शान्ती सुरक्षा जस्ता कार्य गर्ने गठित बजार तथा गाउँ टोलका सम्बन्धित संघ सस्थाहरुले समेत नागरिक स्तरबाट आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ ।
कुनै संकास्पद ब्यक्ती वा समुहहरु फेला परेमा जिल्ला प्रहरी कार्यालय प्युठानको टोल फ्री न . १०० र इलाका प्रहरी कार्यालय पुजाको सम्पर्क न . ९८६९५९५२५८ तथा सम्बन्धित वडा अध्यक्ष लाई तत्काल सुचना गर्नको निम्ति अनुरोध गरिएको छ । त्यस्तै चोरी कार्य गर्ने ब्यक्तिहरुलाई पहिचान गरि पक्राउ गर्ने ब्यक्तिहरुलाई रु १० हजार नगद पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको गौमुखी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तिले बताएका छन ।
प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।