२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाण्डाै । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलवार आएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ ।

मङ्गलवार अपराह्न २ बजेर ४३ मिनेटमा आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् ।

ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको बताउनुभयो ।

एकको मृत्यु

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाएर भिरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन जना घाइते

भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन् । घाइते भएका तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला जिल्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महतलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

५० वटा भेडा मरे

वनमा चराउन लगिएका ५० वटा भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन् । गौमूल–१ अम्लिसका राजदल बोहराका ५० वटा भेडा भिरको चट्टान फुटेर चरिरहेका भेडा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय