२०८२ असार ३ | [email protected] | Nepali Unicode|Preeti to Unicode

बाजुरा । अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ । उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका दुई वटा निजी फर्ममा गोली चलेको हो ।

घटनामा धेरै व्यक्ति घाइते भएका छन् । प्रहरीले एक जना संदिग्धलाई हिरासतमा लिएको छ ।

आज गोली चलाउने संदिग्ध व्यक्तिको कार घटनास्थलबाट केही पर पार्किङमा फेला पारेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक कारबाट बरामद भएको छ ।

दुुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय