२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

धनुषा । जनकपुरका दुई युवककाे अपहरणपछि भारतमा हत्या भएको छ । करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना एकै पारिवारिका हुन् ।

मृतक दुवै भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो एक नातेदारको घरमा गएका थिए । अपहरणपछि गएको सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको माग गरेर भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा २० लाख रुपैयाँ मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर आफन्तलाई सुनाउने गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई २० लाख रुपैयाँ दिन राजी भएका थिए ।

 

त्यसपछि अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाही मलङ्गवा नाकामा आउन भनेका थिए । विष्णुका परिवारले त्यो कुरा प्रहरीलाई जानकारीसमेत गराएका थिए । तर गएको मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । भारतीय प्रहरीले त्यसै क्षेत्रमा दुई वटा शव भेटेपछि आज बिहान मृतकका आफन्तलाई खबर गरेको हाे।

मृतक दुवै जनाको परिवार यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा बस्दै आए पनि अंशबण्डापछि अलग-अलग बस्दै आएका थिए । मृतक विष्णु र रोहितका बाजे नातामा दाजुभाइ हुन्। उनीहरुको शव अहिले भारतको बेला परिहार पर्साको प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय