२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

आगोले जल्दा २४ घण्टामा दुई जनाको ज्यान गयो

काठमाण्डाै । असावधानीका कारण तातो न्यानो हुन बालेको आगो तथा कोइलाका कारण मानवीय क्षति हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा आगोमा जलेर दुई जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–२५ भैँसीपाटी फूलबारीमार्गमा रहेको एक टहरामा आगलागी हुँदा टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको ज्यान गएको हो ।

आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तातो न्यानो हुनका लागि बालेको आगो सल्किँदा आगलागी भएको अनुमान छ ।

 

 

यस्तै सप्तरीमा पनि आगोका कारण एक जनाको ज्यान गएको छ । खडक नगरपालिका–१० फूलबारी बस्ने एक महिलाको आगो ताप्ने क्रममा कपडामा आगाे सल्किएर ज्यान गएको हो । घाइते महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ ।

यस्तै, काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वरमा कोइला बालेर निदाउँदा निस्सासिएर चार जना घाइते भएका छन् । उनीहरुको कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ ।

चिसो नछिरोस् भनेर झ्यालढोका बन्द गरी  ३५ दिनकी सुत्केरी सेकाउन हिजो बेलुका कोइला बालेर सुत्दा घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । यसैगरी आगलागीमा  परेर रौतहटको दुर्गाभगवतीमा ३ जना तथा महोत्तरीमा २ र झापाको शिवसताक्षी नगरपालिका ३ एक गरी ६ जना आगलागीका कारण घाइते भएका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ र बर्दिवास नगरपालिका १० मा ताप्नका लागि बालेको आगो सारीमा सल्किँदा दुई महिला घाइते भएका हुन् । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २२ ठाउँमा आगलागीका घटना भएका छन् ।

सावधानी नअपनाउँदा तातो न्यानो हुनका लागि बालेको आगो नै ज्यान जाने कारण बन्न थालेको छ । हरेक वर्ष जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा ग्यास गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्दै आए पनि लापरबाहीका कारण आगलागीका घटना रोकथाम हुन सकेको छैन ।

विज्ञका अनुसार हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा ग्यास गिजर प्रयोग गर्नुपर्छ । यस्तै, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न र आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै राख्न हुँदैन भने आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय