२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

आज १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय