२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाडौँ । एमाले सांसद सुवास नेम्बाङले मंसिर ४ को चुनावले सबै मिल्न दिएको सन्देश कार्यावन्यन गर्न सबै दलहरुलाई आग्रह गर्नुभएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख पदका लागि एमालेबाट उम्मेदवार देवराज घिमिरेको प्रस्ताव गर्दै नेम्बाङले सभामुख चयनलाई चुनावको सन्देश कार्यान्वयन गर्ने अवसरको रुपमा प्रयोग गर्ने आग्रह गर्नुभएको हो । उहाँले सदनलाई एकजुट बनाएर लैजान सबैको भूमिका हुने उल्लेख गर्नुभयो ।

‘जनताद्वारा जनताको लागि यही ऐतिहासिक ठाउँमा जनताको संविधान बनायौं । यो संविधान अन्तर्गत भएको भर्खरैको चुनावले दलहरुलाई स्वस्थ प्रतिस्पर्धा र एक अर्कालाई मिलेर अघि बढ भन्ने सन्देश दिएको छ। त्यही सन्देश अनुसार काम गर्नका लागि हामी प्रतिनिधिसभाको सभामुख चयन गर्ने सन्दर्भमा जुटेका छौं ।’

उहाँले प्रतिनिधिसभालाई जवाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने पनि बताउनुभयो।’यो सिंगो प्रतिनिधि सभालाई एकजुट बनाएर निष्पक्ष समामुखको भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ नेम्बाङको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय