काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बुधबार बस्ने भएको छ ।
हिजो मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले आज पुनः बैठक बस्ने जनाएको हो ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको भन्ने विषयमा छलफल भएको जनाएको छ ।
संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे छ ।