२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

बासुदेव गिरी (प्यूठान) २७ । झिमरुक गाउँपालिका प्यूठानले स्थानीय पाठ्यक्रम तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । बुधवार गाउँ शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम तयार गरि लागू गर्न सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए । बैठकले पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ ५ गतेदेखि संचालन गर्ने समेत निर्णय गरेको छ ।

पालिका अध्यक्ष महतरा क्षेत्रीका अनुसार म्याद सकिएका बिद्यालय ब्यवस्थापन समिति पूर्नःगठन गर्ने शैक्षिक क्यालेन्डर निर्माण गर्ने र बिद्यालय तथा समुदायमा कार्यरत बालबिकास सहजकर्तालाई बिहान १० बजेबाट बेलुका ४ बजेसम्म कामकाज गराउन बिधालयलाई पत्राचार गर्ने निर्णय भएको उनले बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि बिज्ञ सहितको पालिका स्तरीय कार्यशाला गोष्ठी गर्ने तयारी गरिएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए ।

पालिकाभरमा रहेका ४६ बिद्यालय मध्य ३२ बिधालयमा पुगेर बिद्यालयको आर्थिक भौतिक तथा शैक्षिक सुधार गर्नको लागि बिद्यालय अनुगमनलाई तिब्रता दिएको उनको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय