२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

वासुदेव गिरी, प्युठान ,पुष २२ रोल्पा ।  प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं. ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीले गरेका हुन ।

चिस्यान केन्द्रको शिल्यान्यास गर्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भने, ‘निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले आफुले उत्पादित बस्तुहरुलाई सुरक्षित किसिमले स्टोर गर्न सक्ने छन् ‘। हाम्रो क्षेत्र कृषि र फलफुलको पकेट क्षेत्र भएकोले उत्पादित मौसमी, सुन्तला र आलु लाई स्टोरमा भण्डारन गरेर लामो समय टिकाइ राख्न झिमरुक बासी किसानहरुलाई सहज र फाइदा पुग्ने अध्यक्ष महतरा क्षेत्रीले बताए ।

कृषकले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेतीलाई उचित ब्यवस्थापन गर्न सकिने उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । निर्माणको काम समयमै सम्पन्न गर्न र डिजाइन र लागत अनुसार कार्य गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष पोख्रेलले सुझाव दिए। बहुवर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको प्राविधिक नगेन्द्र आचार्यले बताए ।

अघिल्लो आ.ब. सम्झौता गरिएको आयोजनाको आ.ब.२०७९/०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ । रविना जुगल इभिना जेभिले निर्माण कम्पनीले जिम्मा लिएर आजबाट निर्माण कार्य सुरु गर्दैछ। कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी प्राविधिक निर्माण ब्यवसायी स्थानीय बासीको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय