काठमाण्डाै । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत चयन हुनुभएको छ ।
पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदको बैठकले राउतलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।