रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समय अघिमात्र अस्पतालबाट डिस्चार्ज हुनुभएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार हुँदै छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।