रोल्पा । नेपाल विद्यार्थी संघ रोल्पाका सभापति अनुपम जि.सी.ले नेपाल विद्यार्थी संघलाई विद्यार्थीको पहिलो रोजाईको संगठन रुपमा विकास गरिनु पर्ने बताउनु भएको छ । रोल्पाको लिबाङस्थित जलजला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस अधिवेशनलाई सम्बोधन गर्दै सभापति जि.सी.ले नेविसंघ लोकतन्त्रवादी विद्यार्थीहरूको निर्विकल्प संगठन रहेकोले यसप्रति युवा विद्यार्थीहरूको आकर्षण भएको बताउनु भयो । नेपालमा भएका सम्पूर्ण व्यवस्था परिवर्तनको आन्दोलनमा निर्वाह गरेको अग्रणी भूमिकाको स्मरण गर्दै सभापति जि.सी.ले भौतिक आन्दोलनको एउटा अध्याय पूरा भएकोले अब शैक्षिक रुपान्तरणको नयाँ आन्दोलन प्रारम्भ गर्नुपर्नेमा जोड दिनु भ्यो । सभापति जि.सी. ले भन्नुभयो:- ´´सडक आन्दोलन भनेको एउटा समयमा हुने विषय हो । मुलुकको राजनीतिक प्रणाली एउटा विन्दुमा पुगेपछि भौतिक आन्दोलन साघुँरिदै जान्छ र यस्तो बेलामा नै सुरु गर्ने हो, वैचारिक आन्दोलन । हाम्रो मुलुकमा अब भौतिक आन्दोलन एउटा चरणमा पुगेको छ । अब वैचारिक आन्दोलनको खाँचो छ । त्यस आन्दोलनको पनि नेतृत्व गर्ने दायित्व संघको हो । नेविसंघले नेता बन्ने होइन, समाजमा नेता बनाउने उद्देश्य राखेर आफ्नो कार्य अघि बढाउनुपर्छ । त्यसले मात्रै मुलुकमा राजनीतिक शुद्धीकरणको अभियानमा नेविसंघ एउटा हिस्सा बन्न सक्छ “ । सभापति जि.सी.ले विश्वका युवा विद्यार्थीहरुले अन्तरिक्षमा बस्ती बसाउने योजना बनाउँदै गर्दा नेपाली विद्यार्थीहरू बेरोजगारीको समस्याले दैनिक विदेशिनु ठूलो राष्ट्रिय समस्या रहेको बताउनु भयो । विद्यार्थीको माग, आवश्यकता र चाहाना बमोजिम विभिन्न कार्यक्रम संचालन गरिने पनि सभापति जि.सी.ले बताउनु भएको छ । अधिवेशनले गनेश खड्काको नेतृत्वमा ३३ सदस्य मूल इकाई समिति गठन गरेको बताइएको छ ।
ADVERTISEMENT