२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

१४ फागुन, ब्रसेल्स । युरोपेली संघ (ईयू) ले रूसविरुद्धको प्रतिबन्धमा थप कडाई गरेको छ । युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी ईयूले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ ।

 

‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ । रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ,’ ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ ।

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो ।

ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रूसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ । एपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय