२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

सुर्य प्रकाश बुढामगर ७ फागुन रोल्पा । कार्यक्रमको प्रमुख अतिथीको रूपमा उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद इश्वरी घर्ती मगरले पालिकामा सञ्चालन भईरहेको राष्ट्रपति रानिङ शिल्ड प्रतियोगिता तथा अध्यक्ष कप प्रतियोगिता सभ्य र भव्य ढंगले सम्पन्न हुनेमा आफू विश्वस्त भएको समेत बताए।प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै घर्ती मगरले खेल क्षेत्रको विकास सँगै शिक्षाको पनि उत्तिकै महत्त्व हुने भएकोले साथसाथै अनुशासन पनि महत्वपुर्ण पाटो भएको हुँदा अनुशासनको सबैले पालना गर्नुपर्ने बताउनु भएको हो।

 

विद्यार्थी भनेको वर्तमानका साझेदार र भविष्यका कर्णधार भएकाले उनिहरुको चौतर्फी विकासमा सम्पुर्ण अविभावक,बिद्यालयका शिक्षकहरुले आफ्नो भुमिका जिम्मेवारी पुर्वक निर्वाह गर्नु पर्ने सुझाव समेत दिए ।

 

देश विकासको लागि सम्पुर्ण बालवालिका मैत्री क्षेत्र बनाई उनीहरुको रुची र चाहाना अनुसारको वातावरण सिर्जना गर्नुपर्ने बताए।साथै केन्द्र र प्रदेशले बनाएको बालबालिकाको ऐन कानुनको मात्र पालना नगरी स्थानीय सरकारले पनि बालबालिकाको लागि ऐन नियम बनाएर कार्यान्वयन गर्न सकिने कुरामा जोड दिइन।

गुणस्तरी शिक्षाका साथसाथै अनुशासित र मर्यादित विद्यार्थी बनाउन प्रत्येक अविभावक र विद्यालयको दायित्व भएको दाबी समेत गरे।बर्षको एक पटक मात्र आयोजना गरिने यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीलाई अन्य पालिका जिल्ला,प्रदेश र केन्द्रका अन्य विद्यार्थीसँग प्रतिस्पर्धा गर्न असहज हुने भएकाले स्थानीय निकायले यस्ता खालका प्रतियोगिताको आयोजना समय समयमा गर्नुपर्ने तर्क समेत व्यक्त गरे।

जिल्लामा बालविवाह,बहुविवाह र आत्महत्याको घटना धेरै भएकाले यी समस्या कम गर्नको लागि सर्वप्रथम त अविभावकले राम्रो संस्कार सिकाउनु पर्ने बताउँदै भन्नुभयो”त्यस पश्चात विद्यालयमा पनि यस्ता खालका घटनालाई कम गर्न बेलाबेलामा सचेतनाका कार्यक्रमको आयोजना गर्नुपर्ने”अहिलेको आवश्यकता भएको औंल्याइन।साथै आफुलाई समानुपातिक बाट निर्वाचित गराएर संसद्मा पठाउन सहयोग गरेकोमा सम्पुर्ण रोल्पाली जनताहरुलाई समेत प्रकट गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय