२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

कमल खड्का

६ फागुन होलेरी, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न ९ ले शुक्रबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालय सर्पालमा एक कार्यक्रम गरि सम्मान गरिएको हो । सम्मान ७२ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई गरिएको थियो । कार्यक्रममा ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । रुन्टीगढी गाउँपालिका वडा न ९ मा ७२ वर्ष देखि ९१ वर्ष सम्मका जेष्ठ नागरिकहरु रहेका अध्यक्ष चेतलाल खत्रीले जानकारी दिनुभयो । जेष्ठ नागरिकहरुलाई मायाको चिनो स्वरुप रुन्टीगढीको लोगो भएको एक एक पिस कप ,फाईबर सिरक राम्रो खालको बल्याङकेत उपलब्ध गराईएको थियो । साथै बिरामी पर्दा उपचारमा सहजता होस भन्ने उदेश्यका साथ जेष्ठ नागरिकहरुको निशुल्क बिमा समेत गरिएको थियो । जेष्ठ नागरिकहरुलाई सम्मान गर्दा जेष्ठ नागरिकहरु हर्षित भएका थिए । वडा सदस्य शिवराज घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अतिथीको रुपमा स्वास्थय बिमाका खिम बहादुर घर्ती रहनु भएको थियो । त्यस्तै कार्यक्रमको अध्यक्षता वडा नम्बर ९ का अध्यक्ष चेतलाल खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव धन बहादुर खड्काले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय